Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ मा पाँच सय शैयाको आइसोलेसन बेड थपिने

प्रदेश २ मा पाँच सय शैयाको आइसोलेसन बेड थपिने


जनकपुरधाम, साउन २१
कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय शैयाको उपचारसहितको आइसोलेसन बेड थपिने भएको छ । कोरोना महामारी भयावह रूप लिनथालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचारसहितको पाँच सय आइसोलेसन शैया थप गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरू तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ । कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवलकिशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया