Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरौटी थप नगरेसँगै करिब तीन दर्जन स्वास्थ्य संस्था खारेज

धरौटी थप नगरेसँगै करिब तीन दर्जन स्वास्थ्य संस्था खारेज


काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने करिब तीन दर्जन स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण हुँदा राखेको तीन लाख धरौटीमा दुई लाख थप गरी पाँच लाख नगद धरौटी पु-याउनुपर्नेमा उक्त धरौटी नराखेका स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष भदौ १ गतेदेखि संशोधन भएको नियमावलीको प्रावधानअनुसार ती संस्थाहरुले वैदेशिक रोजगार नियमावलीको २०६४ को नियम ४५ (क)को उपनियम ६ र ७ बमोजिम गत असार मसान्तसम्म धरौटी थप गर्नुपर्ने अवधि थियो । तोकिएको धरौटी जम्मा नगरेका र धरौटी राख्न नसकेको बारेमा उनीहरुले पेश गरेका सफाइ पनि सन्तोषजनक नभएका भन्दै विशेष समितिको सिफरिसबमोजिम असोज २० गते मन्त्रीस्तरीय निर्णयले ती संस्थाहरु खारेज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खारेजीमा परेका संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न नपाउने बताएको छ ।

खारेजीमा परेका स्वास्थ्य संस्थाहरुका वसुन्धरास्थित ढोरपाटन मेडिकल सेन्टर प्रालि गोंगबुस्थित हेल्पिङ हेल्थ मेडिकल सेन्टर प्रालि, बालाजुस्थित जनस्वास्थ्य केन्द्र प्रालि, कोटेश्वरस्थित सृजनशील हेल्थ केयर प्रालि, स्युचाटारस्थित यूएण्डपी मेडिकल सेन्टर प्रालि, गोंगबुस्थित रक्षा मेडिकल सेन्टर एण्ड डाग्नोष्टिक सेन्टर, सिनामंगलस्थित एभी पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, कैलालीको धनगढीस्थित नजजीवन अस्पताल प्रालि, धरानस्थित मञ्जुश्री पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि, सिनामंगलस्थित हेल्थ केयर डाइनोष्टिक प्रालि रहेका छन् ।

त्यसैगरी खारेजीमा परेका अन्य संस्थाहरुमा पुरानो बानेश्वरस्थित नमूना मेडिकल सेन्टर प्रालि, कालीमाटीस्थित रिलिफ हेल्थ केयर प्रालि, इटहरीस्थित कान्तिपुर मेडिकल सेन्टर प्रालि, मध्यबानेश्वरस्थित भेनस अस्पताल, ललितपुरस्थित मेडिसिटी हस्पिटल प्रालि, बुटवलको नेशनल प्याथल्याब एण्ड रिसर्च सेन्टर प्रालि, इटहरीस्थित इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालि रहेका छन् ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल, सानेपास्थित मेघा अस्पताल प्रालि, भक्तपुर शंखधर चोकमा रहेका मध्यपुर अस्पताल प्रालि, चितवनको चितवन मेडिकल कजेज प्रालिलगायत पनि खारेजीमा परेका छन् । मन्त्रालयले खारेजीमा परेका मेडिकल सेन्टरहरुलाई आफ्नो धरौटी फिर्ता लैजान भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया