सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न खोज्ने दुई जना पक्राउ
काठमाडौं, पुस १४
चन्द्रागिरि नगरपालिका ७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्ने दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ दाउरा डिपो बस्ने मुगु सोरू गाउँपालिका ६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन् । उक्त एटीएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटीएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पु-याएका थिए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया