Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्जा सुरक्षण कोषले यही बैशाखसम्ममा जीर्ण रहेका भौत्तिक संरचना बनाई सक्ने

कर्जा सुरक्षण कोषले यही बैशाखसम्ममा जीर्ण रहेका भौत्तिक संरचना बनाई सक्ने


काठमाडौँ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुुख कार्यकारी अधिकृत बिष्णुुबाबुु मिश्रले आगामी बैशाख मसान्तसम्ममा कोषको केन्द्रिय कार्यालयको जीर्ण रहेका भौत्तिक संरचनालाई नयाँ संरचनामा परिणत गरिसक्ने बताएकाछन । कोषका सातै प्रदेशस्थित शाखा कार्यालयलाई पनि २०७८ बैशाखभित्र आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य कोषले लिएको उनको भनाई छ ।

हामी आगामी बैशाख मसान्तसम्ममा कोषले प्रवाह गर्ने सबै कार्य आप्mनै भवनबाट गर्छ, प्रमुख कार्यकारी मिश्रले भने । सिंगो कर्मचारी संयन्त्रको साथ, सहयोग र लगनले नै यो सबै कामहरु सम्पन्न भएकाहुुन, उनले भने । निक्षेप सुरक्षणका लागि कोषले डीजीएम आइएस सफ्टवेयर र कर्जा सुरक्षणको लागि सीजीएम आईएस तथा लेखा र प्रशासनको छुट्टै सफ्टवेयर निर्माण भई कार्यान्वयन भइरहेको छ ।

आईएस अडिटको लागि कम्पनी छनौट गर्ने कार्य भईरहेको छ, प्रमुख कार्यकरी मिश्रले भने । कोषले सबै सफ्टवेयर पूर्णरूपमा ल्याई सदस्य संस्थाबाट तथ्यांक लिनेगरी काम गरिरहेकोे छ । ‘यसै आर्थिक वर्षको अन्त्यसम्ममा हाम्रो कार्यालय र काम आईटीमय हुनेछ, प्रमुख कार्यकारी मिश्रले भने । निक्षेप तथा कर्जा सुरक्षणको व्यवसाय जोखिम अध्ययन गर्ने काम पनि सुरु गरिसकेको कोषले आगामी असार मसान्तसम्ममा यस्तो अध्ययन पूरा गरी सोहीबमोजिम कार्य गरिसक्ने पनि उनले बताए ।

प्रमुख कार्यकारी मिश्रले आफ्नो कार्यकालमा कोषको सम्पूर्ण अवस्थाको सुधार गरेका छन् । उनले कोषमा प्रमुख कार्यकारीको जिम्वेवारी सम्हाल्नुुअघि अर्थात आव २०७३–०७४ को असार मसान्तसम्म निक्षेप तथा कर्जा सुरक्षणका लागि विनियमावली कार्यान्वयनमा रहेको थियो ।

यो अवस्थामा उनले आव २०७६–०७७ मा निक्षेप तथा कर्जा सुरक्षणका लागि नियमावली तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको र नयाँ पाँच वर्ष रणनीतिक योजना, सुशासन, निर्देशिका, जोखिम व्यवस्थापन निर्देशिका लगायतका नीति नियमहरू संशोधन गरी कार्यान्वयनमा ल्याएकाछन, जसले गर्दा पनि कोषले आजको यो उचाई हाँसिल गर्न सफल भएको हो । चालू आवमा पनि आवश्यक नीति नियम निर्माण तथा विद्यमान नीति नियम परिमार्जन गर्ने काम भइरहेको जानकारी समेत प्रमुुख कार्यकारी मिश्रले दिएकाछन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया