Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिमुखा अवालेको जग्गा कब्जा गर्ने गिरोह प्रधानमन्त्रीकै आसेपासे !

निमुखा अवालेको जग्गा कब्जा गर्ने गिरोह प्रधानमन्त्रीकै आसेपासे !


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त लायक सम्झेर विभागीय उद्योगमन्त्री मातृका यादवलाई थाहै नदिई दोहो¥याएर नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष बनाएका सशस्त्र प्रहरीका पूर्वसिपाही नन्द किशोर बस्नेत, पूर्वराजा ज्ञानेन्द्रको शाही शासन कालमा बेलायतको राजदूत नियुक्त भएका प्रबल शमशेर राणाका छोरा प्रविर शमशेर राणा, पूर्वप्रधानमन्त्री झलनाथ खनालको परिवारसँग साझेदारी गर्दै आएका नारायण बहादुर कार्र्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका निकट सहयोगी मानिने मनोज कुुमार मिश्र छोटो समयमा अर्बपति बनेका पोखरा काठमाडौं चल्ने बसेका पूर्वसहचालक एवं हाल रोड सो रियलस्टेट सञ्चालन गरिरहेका विवादास्पद व्यवसायी कालुु गुुरुङलगायतका व्यक्तिहरुले जालझेलपूर्ण कारोबार गरेर नेपाल कमर्स क्याम्पस मिनभवनका अगाडिको गणेशलाल अवालेको जमिन कब्जा गरेर खाइदिएपछि न्यायको लागि आमरण अनशनदेखि अदालतको ढोका चहार्दै हिँडिरहेका छन् ।

तर पछिल्लो समय सडकछाप बनेका अवाले आफ्नो वकिललाई शुल्क तिर्न समेत नसक्ने अवस्थामा पुुगेका छन् ।नयाँ बानेश्वरस्थित मिनभवन क्याम्पसमा अध्ययनरत जोसुकैलाई पीएन गणेशलाल अवालेलाई बिर्सन सक्दैनन् । नरम बोली, मिजासिलो व्यवहार, सबै प्राध्यापकहरुले भोगेको सहयोगी र सरल व्यवहारका धनी अवालेको क्याम्पस अगाडिपट्टि पुख्र्यौली घर थियो । साढे चार रोपनी जग्गामा फैलिएको उनको सामान्य घर नेपालको कानुनअनुसार सम्भवतः केही वर्षपछि भूमाफियाहरुले कब्जा गरिसकेका हुनेछन् ।

हाल कागजी रुपमा भूमिाफयाहरुले कब्जा गरिसकेको तर भौतिक रुपमा यो समाचार प्रकाशित हुँदासम्म अवालेले नै हकभोग गर्दै आएको करोडौंको सम्पत्ति हत्याउन चर्चित घरजग्गा व्यवसायी कालु गुरुङ लागिपरेका छन् । त्यसो त उनले सुरुदेखि नै अवालेको सम्पत्ति हत्याउन लागेका भने होइनन् । प्रविर शमशेर राणा, नारायण बहादुर कार्की र मनोज मिश्रहरु समेतले कब्जा गरेको जग्गा सस्तो मूल्यमा लिएर रातारात अर्बपति हुने योजनामा कालु गुरुङको साम, दाम, दण्ड र भेदहरु जारी रहेका छन् ।

मिनभवनमा रहेको चार रोपनी आठ आना जग्गा भूमाफियाले आफ्नो नाममा गरेपछि विगत सात वर्षदेखि मुद्दा लड्दै आएका गणेशलाल अवाले मुद्दा लड्न वकिललाई शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका छन् । २०५४ सालदेखि प्रविर शमशेर जबरा र नारायण बहादुर कार्कीले जालझेल, प्रपञ्च गर्दै २०६१ सालसम्म आइपुग्दा झुक्याएर उनको स्वामित्वमा रहेका चार रोपनी आठ आना जग्गा आफ्नो कब्जामा पार्न सफल भएका थिए ।

भूमाफियाहरुको ठूलो गिरोहले ¥याल चुहाएको उनको जग्गा एकपटक लिलाम समेत भइसकेको छ । कुमारी बैंकले २०७१ सालमा लिलाम गर्न सूचना निकालेपछि बल्ल आफू लुटिएका चाल पाएका अवाले त्यसयता काठमाडौं जिल्ला अदालत हुँदै हाल उच्च अदालत पाटनमा मुद्दा लडिरहेका छन् । अदालत, मालपोत कार्यालय, प्रहरी मिलेर भूमाफियाले कब्जा गर्न खोजेको उक्त जग्गा हालसम्म आधा दर्जनभन्दा बढी व्यक्तिको नाममा पास भएर गइसकेको छ ।

सुरुमा नारायण बहादुर कार्कीको नाममा अपार्टमेन्ट बनाउने भन्दै करार सम्झौता गरिएको जग्गा नेपाल कमर्स क्याम्पसमा पियन काम गर्ने अवालेलाई बैंकबाट ऋण लिन बोलाएर झुक्याई आफ्नो नाममा रजिष्ट्रेसन पास गराएका थिए । सोही जग्गा माफियाहरुले प्रमा डेभलपर्स प्रालि, आरके डेभलपर्स प्रालि हुँदै हाल कालु गुरुङको जग्गा कारोबार गर्ने कम्पनी रोडशो रियल स्टेट प्रालिको नाममा पु¥याइएको छ । काठमाडौं जिल्ला अदालतमा दुई वर्षसम्म चलेको मुद्दामा न्यायाधीश राम प्रसाद शर्माको इजलासले फिरादकर्ताको कुनै पनि सुनुवाइ नगरी एकतर्फी फैसलाबाट हदम्यादको कारण देखाई मुद्दा खारेज गरिदिएको प्राप्त कागजातबाट देखिन्छ ।

भूमाफियाले सोझा व्यक्तिको नाममा जग्गामा अपार्टमेन्ट बनाउने भन्दै सम्झौता गर्ने, सोही सम्झौताबमोजिम भवन बनाउन भन्दै झुक्याएर जग्गा नामसारी गर्ने अनि उक्त नामसारी गरिएको जग्गा विभिन्न व्यक्तिहरुमा बिक्री गर्ने कार्य भइरहेको छ । रोचक कुरा के छ भने २०५४ सालदेखि बिक्री भएको जग्गामा हालसम्म पनि त्यसरी खरिद गर्ने कुनै पनि व्यक्तिले हकभोग गर्न पाएका छैनन् ।

पछिल्लो पटक जग्गा आफ्नो स्वामित्वमा ल्याएका कालु गुरुङले समेत उक्त जग्गामा हकभोग गर्नसकेका छैनन् । पुख्र्यौली सम्पत्तिको रुपमा हकभोग गर्दै आएका गणेशलाल अवालेले मृत्यु रोज्ने तर जग्गा नछोड्ने अडानका कारण जग्गाधनी गुरुङ समेत समस्यामा छन् । भूमाफियाले कब्जा गरेको जग्गा फिर्ताको माग गर्दै पीडित अवाले गत वर्ष बबरमहलमा आमरण अनशन समेत बसेका थिए । उनले आफ्नो एउटा घर भत्काइएको, घर वरपर वाल लगाउने काम गरेको भए पनि हालसम्म कोही कसैलाई उक्त जग्गामा ढिम्किन नदिएको दाबी गर्छन् । मिनभवनस्थित उक्त जग्गास्थलमा गुरुङले एक जना सेक्युरिटी गार्ड राखेर उक्त जग्गाको एक कित्ताबाहेक बिक्री गर्नसकेका छैनन् । विवादित जग्गा नकिन्न अवाले आफैँ सक्रिय भएर अनुरोध गर्ने गरेका छन् ।

मिनभवनको सो जग्गामा पटक–पटक पर्खाल लगाउने, पटक–पटक भत्काउने कार्य जारी रहँदै आएको छ । पावर र पैसाको भरमा सुगर र प्रेसर रोगबाट ग्रस्त ७५ वर्षीय गणेशलाल अवालेले र उनकी श्रीमती चिरिमाया महर्जनले चौबीसै घण्टा प्रतिवाद गर्दै आएका छन् ।न्यायका लागि चारैतिर भौतारिएका अवाले दम्पतीको जग्गा भूमाफियाले कब्जा गरेको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिन गर्न निर्देशन नै दिएको भए पनि हालसम्म पनि मालपोत विभागले कुनै जानकारी नदिएको पीडित गणेशलाल अवाले बताउँछन् ।

No description available.

पीडित अवालेको उक्त जग्गासम्बन्धी समाचार आर्थिक दैनिकमा प्रकाशित यसअघि नै प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले छानबिन गर्न निर्देशन दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयको निर्देशन समेत पहुँच र पावरको भरमा अटेर गरिएको पीडित अवालेको गुनासो छ । हालको प्रचलित मूल्यअनुसार ५० करोडभन्दा बढी मूल्य पर्ने जग्गा एक रुपैयाँ पनि रकम नदिई घरबास समेत उठिबास लगाई सुकुम्बासी बनाउने नियतका साथ चर्चित जग्गा व्यवसायी कालु गुरुङले काम गर्दै आएको पीडित अवालेको गुनासो छ ।

कालु गुरुङ आफैँ मिनभवनस्थित जग्गामा पुगेर पर्खाल लगाउन खोज्दा समेत आफूले कडा प्रतिवाद गरेको पीडित अवालेले बताए । तर अहिलेका प्रधानमन्त्री केपी ओलीका आसेपासेहरुमध्येका एक बस्नेतले नै उक्त जग्गा कब्जा गर्ने गिरोहका एक सदस्य भएकाले हाल प्रधानमन्त्री कार्यालयले पीडित अवालेको कुरा सुनवाइ गरिरहेको छैन । त्यहीकारण अवालेलाई अनशन बस्न समेत दिएको छैन ।

पीडित गणेशलाल अवालेले भने मुद्दा लड्न वकिल फिस समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । भएका घर तथा भवनहरु भत्काइएको, खेती गर्न नदिई जग्गा बाँझो राख्न बाध्य भएको र आफ्नो आम्दानीको कुनै पनि स्रोत नभएकोले सो जग्गासम्बन्धी मुद्दामा अदालतमा उभिएर कानुनी रुपमा समेत सामना गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।

सो फैसलाका विरुद्धमा हाल उच्च अदालत पाटनमा पुनरावेदन भइरहेको भए पनि अधिकांश मुद्दा खारेज गरिएको र अब केही थान मुद्दा मात्रै बाँकी रहेकोले ती बाँकी रहेका मुद्दा समेत सेटिङमा खारेज गर्न लागिएको पीडित अवालेले जानकारी दिए । जालसाजीपूर्वक आफ्नो जग्गा माफियाले कब्जा गरेकोले फिर्ता नपाएसम्म न्यायका लागि रहने बताउँदै उनले भने, ‘म ज्युँदो हुँदासम्म मेरो पुख्र्यौली सम्पत्ति कसैलाई छुन दिनेछैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया