Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन करोड ४६ लाख ७१ खातामार्फत ४३ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन

तीन करोड ४६ लाख ७१ खातामार्फत ४३ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन


काठमाडौं
बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा लघुुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालनमा रहेको कुुल खाता संख्या तीन करोड ४६ लाख ७१ हजार नौ सय ४९ पुुगेको छ । खोलौँ बैंक खाता अभियानमार्फत राष्ट्र बैंैकले सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान सुरु गरेसँगै बैैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको हो ।

राष्ट्र बैंकका अनुसार यो संख्यामा रहेको निक्षेप खातामार्फत सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरुले कुल ४३ खर्ब ४५ अर्ब ३८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन । सोमध्ये सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा मात्र दुई करोड ९७ लाख ६७ हजार छ सय ५१ वटा निक्षेप खाता सञ्चालनमा छन् ।

ती खातामार्फत वाणिज्य बैंकहरुले चालू आवको फागुुन मसान्तसम्ममा ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । चालू आवको पछिल्लो आठ महिनामा विकास बैंकहरुमा भने ४२ लाख आठ हजार पाँच सय ४२ वटा निक्षेप खाताहरु सञ्चालनमा छन् । यी खाताहरुमार्फत विकास बैंकहरुले कुल चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

फाइनान्स कम्पनीहरुमा भने चालू आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा छ लाख ९५ हजार सात ५६ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् । यी खाताहरुमार्फत फाइनान्स कम्पनीहरुले कुुल एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।बैंक तथा फाइनान्स कम्पनीहरुले खाता तथा निक्षेप रकम (खाता संख्या÷रु. १० लाखमा)
No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया