Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआईसी एसिया बैंकको एटीएम तोडफोड गर्ने पक्राउ

एनआईसी एसिया बैंकको एटीएम तोडफोड गर्ने पक्राउ


मोरड.।एनआईसी एसिया बैंकको एटीएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन् । बूढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एसिया बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहवी नगरपालिका–९ घर भएका २४ वर्षीय मो. इम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई एक थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो. अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया