काठमाडौँ । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद रु सात लाख ५० हजार वितरण गरिएको हो ।
उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङका संयोजकत्वमा कांग्रेस जिल्ला सभापति विकास लामा, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ, जिल्ला सदस्यद्वय पेम्बा ग्यालजेन शेर्पा र सिपी चौलगाईँ, युवानेता राजेन्द्रबहादुर गोर्खाली, जिल्ला सदस्य गणेशविक्रम सिलवाल, क्षेत्रीय सदस्य किरणदीप खड्का, क्षेत्रीय प्रतिनिधि कुमार दुलाललगायतका उपस्थितिमा राहतस्वरुप वितरण गरिएको हो ।
राससका अनुसार गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई रु चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट रु एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो । त्यस्तै हेलम्बु लागि एकमुष्ट रु तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई रु चार हजारका दरले नगद रु २० हजार सहयोग गरिएको थियो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति लामाले दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन गरिने जानकारीदिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया