Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले तोकेभन्दा बढी शुल्क लिँदै मणिपाल मेडिकल कलेज

सरकारले तोकेभन्दा बढी शुल्क लिँदै मणिपाल मेडिकल कलेज


काठमाडौँ । पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस अध्ययनका लागि भर्ना हुन आएका विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा छ लाख बढी शुल्क लिनेगरेको पाइएको छ । चिकित्सा शिक्षा ऐन आयोगले तोकेको भन्दा बढी शुल्क कलेजले लिएपछि विद्यार्थी र अभिभावकले सोमबार मणिपाल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

नियमविपरीत असुलेको शुल्क फिर्ता नगरेसम्म कलेजमा तालाबन्दी लगाउने चिकित्सा शिक्षा संघर्ष अभियानका विद्यार्थी र अभिभावकले बताएका छन् । समितिले एक विज्ञप्ति जारी गरी गैरकानुनी रूपमा शुल्क नलिन कलेजलाई चेतावनी दिएको छ ।

आयोगले लिएको प्रवेश परीक्षामा मेरिटमा रहेका विद्यार्थीले म्याचिङअनुसार भर्ना र एमबीबीएस अध्ययनका लागि नियमअनुसार पहिलो किस्ताको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् ।

तर कलेजले त्यसरी नियमअनुसार शुल्क तिरेका विद्यार्थीसँग अतिरिक्त रकम मागेपछि विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कका नाममा आयोगले तोकेभन्दा बढी शुल्क लिनु गैरकानुनी मानिन्छ ।

नेपालका मेडिकल कलेजहरू गैरनाफामुलक बनाउने भनेर चिकित्सा शिक्षा ऐन बनेको छ । तर मेडिकल कलेजहरू माफियाको कब्जामा परेपछि विद्यार्थीको ढाड सेक्ने गरी शुल्क लिँदा पनि सरोकारबाला निकाय भने गुपचुप बनेको छ ।

पोखराको यो कलेज पहिला देखि नै विवादित बन्दै आएको छ । यसअघि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले मणिपाल मेडिकल कलेजको किनबेच रोक्नुपर्ने आवाज उठाएका थिए । मणिपाल गुप्र र शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयबीच सन् १९९२ मा नेपालमा मेडिकल कलेज सञ्चालन गर्ने सम्झौता भएको थियो ।

बुट मोडेलअनुसार निर्माण भएकाले सन् २०४४ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपथ्र्यो । तर सम्झौता सकिनु २३ वर्षअगावै मणिपाल ग्रुपले सरकारी पक्षलाई थाहै नदिई बिक्री गरेको थियो । मणिपाल कलेज स्थापना हुँदाको सम्झौतामा सरकार पहिलो पक्ष भएकाले किनबेचमा सरकारको सहभागिता हुनुपर्ने थियो तर उनीहरूले थाहै नदिई किनबेच गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया