Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार८ सय ५० जनालाई जापान पठाउने तयारी

८ सय ५० जनालाई जापान पठाउने तयारी


काठमाडौं । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी जापानको स्पेसेफिक स्किल वर्कर(एसएसडब्लु) प्रणालीमार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका आठ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्लु प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् । त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ । उनीहरुबीच बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्नेछ । उक्त विषयमा विस्तृत विवरण बिहीबारको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया