बजार परिसुचक शुन्य दशमव ३६ अंकले ओर्लियो
काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २४ दशमलव ८३ अंकले ओरालो लागेको बजार परिसुुचक साताको चौंथो कारोबार दिन बुधबार पुन शुन्य दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार ४० दशमलव ७० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शुन्य दशमलव २८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ६७ बिन्दुमा चढेको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार एक सय ९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरुको सुचक मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया