सोलुखुम्बु । जिल्लामा निर्माणसम्पन्न ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाले विद्युत् परीक्षण सुरु गरेको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाले बुधबारबाट विद्युत् परीक्षण थालेको हो ।
थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा मुख्य विद्युत्गृह रहेको उक्त आयोजनाको परीक्षण केही दिनसम्म जारी रहने सहास ऊर्जा कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत कैलाश निरौलाले बताए । यो आयोजना निजी क्षेत्रले निर्माणसम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ । विद्युत्गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।
आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड दुई लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।
यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित नौ बैंकले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया