विराटनगर । विराटनगरको महेन्द्र चोकमा कोशी प्रदेश नामकरणको विरोधमा आइतबार भएको विरोधसभास्थलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगमा विरोधसभाको आयोजना गरेको थियो ।
आइतबारको प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।
विरोधसभामा विभिन्न जिल्लाबाट जातीय पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित पहिचान पक्षधरहरु भेला भएका छन् । कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया