Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवा अर्ब श्रमिकले रोजगारी गुमाउने आईएलओको आँकलन

सवा अर्ब श्रमिकले रोजगारी गुमाउने आईएलओको आँकलन


काठमाण्डौं,चैत ३०

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले नोवल कोरोना भाइरस (कोभिड १९)का कारण विश्वभर सवा अर्ब श्रमिकले रोजगारी गुमाउने आँकलन गरेको छ । आईएलओले कोरोना भाइरससम्बन्धी आफ्नो दोस्रो प्रतिवेदनमा कोरोना भाइरसको कारण विश्वभरको रोजगार क्षेत्रमा एक करोड २५ लाख श्रमिकले रोजगारी गुमाउन सक्ने आँकलन गरेको छ ।

प्रतिवेदनले अधिकांश रोजगारीमा कटौती तथा काम गर्ने समय अवधि घटाउने काम भाइरसको कारण सबैभन्दा प्रभावित क्षेत्रहरुमा हुने जनाएको छ । प्रतिवेदनअनुसार एक करोड २५ लाख तथा विश्व रोजगारीको ३८ प्रतिशत कामदार जो रोजगारीको क्षेत्रमा छन्, उनीहरुले जोखिम मोल्नुपर्ने हुन्छ जस्तो कि विस्थापित हुनुपर्ने समेत अवस्था आउन सक्ने उल्लेख गरेको छ ।

जसमध्ये खुद्रा व्यापार, आवास र खाना सेवा र निर्माण तथा उत्पादन क्षेत्रमा रहेका कामदारहरु बढी प्रभावित हुनेछन् । एसिया, युरोप, अमेरिका, अरब, एसिया तथा प्रशान्त र युरोप तथा मध्यएसियामा काम गर्ने श्रमिकहरुको काम गर्ने समय प्रभावित हुने उल्लेख गरेको छ । स्वास्थ्य क्षेत्रका साथै यातायात, कृषि र सेवाको श्रमिकहरु समेत प्रभावित हुने जनाएको छ ।

पूर्ण र आंशिक गरेर दुई अर्ब ७० करोड कामदार प्रभावित हुने जनाएको छ भने जुन विश्वभरको ८१ प्रतिशत कामदार हुन् । यस्तै प्रतिवेदनले अहिलेको अवस्थामा आर्थिक क्षेत्रले विनाशकारी घाटा व्यहोर्ने उल्लेख गरेको छ । जसको असर साना व्यवसायलाई पर्ने तथा लाखौं कामदारहरुको आय घट्ने र अवरोधको चपेटामा पर्ने छन् भने विशेष गरी असुरक्षित कामदार र अनौपचारिक क्षेत्रका कामदारहरु सबैभन्दा प्रभावित हुने जनाएको छ ।

विशेष गरी कमजोर र मध्यम आय भएका मुलुकको सबैभन्दा प्रभावित क्षेत्रमा अनौपचारिक कामदारहरु धेरै छन् । साथै उनीहरुको लागि नीति लागू नहुने, स्वास्थ्य सेवा र सामाजिक सुरक्षालगायतको कमी महशुस हुनेछ । यस्तोमा उनीहरुले आगामी दिनमा गरिबीको सामना गर्नुपर्ने तथा सामान्य जीवनयापनमा फर्किनको लागि ठूला चुनौतीको अनुभव समेत गर्नुपर्ने हुन्छ । कामदारहरु सार्वजनिक स्थानहरुमा काम जारी राख्नेछन् । अझ विशेष त स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरु उनीहरुले सार्वजनिक स्थानमा काम गर्दा स्वास्थ्य र आर्थिक पाटो उनीहरुको जोखिममा रहन पुग्छ ।

कामदारहरुको काम गर्ने समय समेत प्रभावित हुने जनाउँदै आईएलओले विश्वभर काम गर्ने समय सन् २०२० को दोस्रो त्रैमासिकमा ६ दशमलव ७ प्रतिशत घट्न सक्ने अनुमान गरेको छ, जुन कटौती भनेको १९ करोड ५० लाख पूर्ण समय काम गर्ने कर्मचारी कटौती बराबर हो ।प्रतिवेदनले विश्वमा देखापर्ने बेरोजगारीको अवस्था २०२० मा हुने आर्थिक पुनः उत्थान तथा कामदारको नीतिमा समेत भरपर्ने भन्दै सीमित कामदारहरको प्रयोग हुने तथा साना व्यवसायलाई प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जना हुने समेत उल्लेख गरेकोे छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x