Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

ढुंगानालाई आइतबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । महिला सदस्यको रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुंगाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूएनडीपीमा समेत काम गरेको अनुभव भएको ढुंगानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । तत्कालीन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी–कांग्रेससहितको गठबन्धन बनेपछि केही नयाँ सदस्यहरू नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन । यसअघि आयोगको सदस्यहरू डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया