Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशनेचासल्यानको ७८० हेक्टर खेतीयोग्य जमिन बाँझै

नेचासल्यानको ७८० हेक्टर खेतीयोग्य जमिन बाँझै


सोलुखुम्बु । सोलुखुम्बु जिल्लाकै सबैभन्दा उर्भर भूमि रहेको मानिने नेचासल्यान गाउँपालिका क्षेत्रको १८ दशमलव ५० प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ ।

पालिका क्षेत्रमा रहेको चार हजार दुई सय २१ हेक्टर खेतीयोग्य जमिनमध्ये १८ दशमलव ५० प्रतिशत अर्थात् सात सय ८० दशमलव ८८ हेक्टर जमिन बाँझै रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू रोजगारीको सिलसिलामा विदेशिने, उच्च शिक्षा लिन सहर जाने, बसाइँ सरी अन्यन्त्र जाने गरेका कारण पालिका क्षेत्रको खेतीयोग्य जमिन बाँझिने क्रम बढेको गाउँपालिका कृषि शाखा प्रमुख सबिता बास्तोलाले बताइन् ।

साथै, पछिल्लो पुस्ताका अधिकांशको प्राथमिकतामा कृषि नपर्ने गरेका कारण पनि खेतीयोग्य जमिन बाँझिने क्रम मौलाएको बताइएको छ । कृषि शाखा प्रमुख बास्तोलाले भनिन्, ‘पालिका क्षेत्रका अधिकांश नागरिक जागिर, अध्ययन तथा रोजगारका लागि अन्यत्र छन्, उनीको जग्गा जमिनमा खेती छैन, अनि अर्को कुरा युवा खेती गर्न र माटो छुन मान्दैनन् त्यसैले पनि यहाँको खेतीयोग्य जमिन बाँझै भएको हो तर जमिनलाई उपयोग गर्ने कार्यलाई पालिका लागेको छ ।’


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया