Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगुणस्तरहीन पाउरोटी बेच्दै सिद्धार्थ बेकरी उद्योग

गुणस्तरहीन पाउरोटी बेच्दै सिद्धार्थ बेकरी उद्योग


स्याड.जा, जेठ ११
पोखराको मालेपाटनमा रहेको सिद्धार्थ बेकरी उद्योगले गुणस्तरहीन पाउरोटी बेच्दै आएको खुल्न आएको छ । उद्योगले बजारमा पठाएको हेप्पी पीस पाउरोटीमा अखाद्य वस्तु (मुसाको लेडजस्तो देखीने) फेला परेपछि गुणस्तरहीन पाउरोटी बजारमा बेच्ने गरेपछि खुल्न आएको हो । पुतलीबजारमा रहेको एक सपिङ सेन्टरबाट खाजाको रूपमा खान घरमा लैजाँदा मुसाको लेडजस्तो देखिने अखाद्य वस्तु भेटिएको सुमन अर्यालले बताए ।

सिद्धार्थ बेकरीले बजारमा गुणस्तरहीन पाउरोटी बेचिरहेकोले कानुनअनुसार कारबाही गर्न अर्यालले माग गरे । ५ जना सञ्चालक रहेको सिद्धार्थ बेकरी उद्योगमा करिब २० जना कर्मचारीहरू रहेका छन् । बेकरी ४ वर्ष पहिलेदेखि सञ्चालनमा आएको हो । उद्योगले हाल दैनिक ३०÷४० हजार प्याक पाउरोटी उत्पादन गर्दै आएको छ । अनुगमन गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले जानकारी दिए ।

सप्रजिअ ढकालले अखाद्य वस्तु उत्पादन तथा ओसारपोर केशमा कारबाही हुन सक्ने बताए । उद्योगले पोखरा, तनहुको दमौली र स्याङ्जाको बयरघारीसम्म पाउरोटी बेच्दै आएको छ । सिद्धार्थ बेकरी उद्योगले कारोनाको लकडाउनका कारण हप्तामा दुई दिन मात्रै आफ्ना उत्पादन बजारीकरण गर्दै आएको छ । बजारमा रहेका पाउरोटीमा कुनै समस्या नभएको सिद्धार्थ बेकरी उद्योगका एक सञ्चालक सुरज पौडेलले जानकारी दिए । पाउरोटीमा कसरी अखाद्य वस्तु भेटीय आफैँ अचम्म परेको पौडेलले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया