Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी संग्रौला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी संग्रौला पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार झापा बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ कपन बस्ने ४२ वर्षीय प्रवीण संग्रौलालाई शुक्रबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा सात दिन कैद, २१ लाख रूपैयाँ बिगोबमोजिम जरिबाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया