Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठमेल र दरबारमार्गका पसल चौबीसै घण्टा खुलाउने तयारी

ठमेल र दरबारमार्गका पसल चौबीसै घण्टा खुलाउने तयारी


काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गका पसल चौबीसै घण्टा खुलाउने तयारी थालिएको छ । सो क्षेत्र चौबीसै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफल थालेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सोमबार सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउने तयारी भइरहेको बताए । सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने उनको भनाइ थियो । उनले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयवासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ थियो ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया