Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन


काठमाडौं, साउन ९
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबारदेखि सार्वजानिक सवारीसाधनहरु सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण सार्वजनिक सवारीहरु झण्डै चार महिनादेखि थन्किएर बसेका थिए । सार्वजनिक सवारीसाधनहरु पहिलो दिन बिहीबार करिब आधा मात्रै सञ्चालन भएको महासंघले जानकारी दिएको छ । बिहीबार बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु भने कम मात्रामा देखिएको छ । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भएपनि आगामी दिनमा थप सवारीसाधन सडकमा आउने महासंघले जनाएको छ ।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदुर र महासंघले सवारीसाधन सञ्चालनको निर्णय गरेका थिए । अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मर्मतपछि बाँकी सवारीसाधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । सरकारले साउनभर एउटा जिल्लाभित्र मात्रै अर्थात् एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारीसाधन चलाउन नपाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था विभागमा भनिरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया