Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय व्यावसायिक पहल र मदन भण्डारी विश्वविद्यालयबीच सम्झौता

राष्ट्रिय व्यावसायिक पहल र मदन भण्डारी विश्वविद्यालयबीच सम्झौता


काठमाडौं, साउन १६
राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास बोर्डबीच सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा पहलका अध्यक्ष कुश कुमार जोशी र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास बोर्डका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रको मुख्य उद्देश्य भनेकै पहलले उद्यमीहरू र विश्वविद्यालयबीचको साझेदारीलाई सहयोग पु-याउनु रहेको छ ।

सम्झौताले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी नयाँ प्रविधिको विकास तथा सुधार उद्यमहरुको क्षमता विकास, नवप्रवर्द्धन, आवश्यक अनुसन्धान र शैक्षिक कार्यक्रमको सञ्चालन, नयाँ उद्यमहरुलाई प्रोत्साहन, इन्क्युबेसन सेन्टरको स्थापना एवं संयुक्त परियोजना सञ्चालनमा जोड दिएको छ ।

सम्झौतापत्रअन्तर्गत सहयोगका लागि महत्वपूर्ण विषयवस्तुहरू नेपालमा तुलनात्नक लाभ विकास गर्न सक्षम उत्पादन पहिचान गरी नयाँ प्रविधिको विकास तथा सुधार गर्ने, नयाँ प्रविधि विकास गर्न वा विशिष्ट उत्पादनहरूको सम्बन्धमा अवस्थित प्रविधि सुधार गर्न उद्यमहरू र विश्वविद्यालयबीच साझेदारी गर्न सहयोग पु-याउने, आर्थिक विकास प्रवद्र्धनका लागि व्यापक अनुसन्धान क्षेत्रहरू तथा शैक्षिक कार्यक्रमहरू पहिचान गर्ने, नवीनताका लागि अनुकूल वातावरण सिर्जना गर्न नीतिगत सुधार ल्याउने रहेको छ ।

यस सम्झौता ज्ञापनपत्रअन्तर्गत कार्यान्वयन गर्न वित्तीय क्रियाकलापहरूको लागि स्रोतहरूको परिचालन र समन्वयको लागि विश्वविद्यालयमा इन्क्युबेसन सेन्टर स्थापना गर्ने र एउटा उद्यम कोष तथा एन्ज्यल फन्डको स्थापना गर्ने रहेको छ । यसबाट पहलका सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायीहरूले सहयोग गर्न उत्साहित हुने अपेक्षा पहलले लिएको जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया