Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपीसीआर शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गराउन निर्देशन

पीसीआर शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गराउन निर्देशन


काठमाडौं, भदौ ३०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएका हुन् । स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि दुई हजार रुपैयाँ परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४ सय रुपैयाँ तोकेको थियो । त्यो भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया