Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधश्रमिकलाई चाडपर्व खर्चबापत प्रतिपरिवार १० हजार उपलब्ध गराउन सरकारलाई आग्रह

श्रमिकलाई चाडपर्व खर्चबापत प्रतिपरिवार १० हजार उपलब्ध गराउन सरकारलाई आग्रह


काठमाडौं ।
नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले श्रमिकलाई चाडपर्व खर्चबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । कोरानाका कारण रोजगारी गुमाएका १० लाखभन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउँदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरूप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको हो ।

विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै श्रमिकबाट उठाइएको एक प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको छ । श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने विभागको माग छ ।

साथै हाल गर्दै आएको कोरोना परिक्षणलाई दैनिक ४० हजार पु-याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ । संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया