चुँदारा समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्दै इस्माका धनबहादुर

गुल्मी ।
पछिल्लो समय बजारमा सस्तो र सुपथ मूल्यमा स्टिलका भाँडाहरू प्रशस्त आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा हराउँदै गएको छ । तर गल्मी इस्मा गाउँपालिका वडा नं ५ पोखरी डाडाँका धनबहादुर चुँदारा भने यसको संरक्षणमा जुटेका छन् । धनबहादुर उमेरले ५६ वर्षका भए तर उनको जोस र जागँर भने युवाहरूमा भन्दा कम छैन । उनको दैनिकी काठको ठेकीसँगै चलेको छ । चुँदाराले बिहान ८ बजेदेखि बेलुका ६ बजे गिठीको ठेकी कुँद्न व्यस्त हुन्छन् । २० वर्षदेखि पुर्खाको पेसालाई समाल्दै उनी इस्मा गाउँपालिकाको वडा नं ५ पोखरी डाँडामा त्रिपालले बारेको छाप्रोमा बसेर ठेकी कुँद्दै आएका छन् । उनले यसै पेसाबाट छोराछोरीको पढाइदेखि घरखर्चको चाँजोपाँजो मिलाउँदै आएका छन् ।
चुँदारालाई ठेकी निर्माणको लागि इस्मा, घमिर, धुर्कोट, पुर्कोट, मुसिकोटलगायतका स्थानबाट माग आउँछ । काठबाट निर्मित भाँडाको माग भएपछि गिठीका बोटहरू गाउँमा प्रशस्त नपाउँदा आश्यकताअनुसार ठेकी बनाउन नसकेको उनी बताउँछन् । उनले मानादेखि पाथीसम्मका ठेकी निर्माण गर्नेगरेका छन् । उनले निर्माण गरेका ठेकीको मूल्य एक हजारदेखि सात हजार रूपैयाँसम्म पर्दछ । एक वर्षमा चुँदाराले ७० भन्दा धेरै ठेकी विक्रीबितरण गर्ने गर्दछन् । गाउँमै प्रशस्त गिठीको काठ उपलब्ध भएमा हात झिक्नै नपर्ने बताउँछन् धनबहादुर ।
गिठीको बोटबाट निर्माण गरिएका ठेकीमा दही, मही र दुध राख्न अति उत्तम मान्ने गरिन्छ । अन्य भाँडामा भन्दा गिठीबाट निर्माण गरिएका ठेकीमा राखिएको दही, मही खान स्वादिष्ट हुन्छ । तर बजारमा आएका स्टिलका भाँडाहरूमा किटाणु पनि खाइने र मही राख्न त्यति उपयोगी नहुने चुँदाराले बताउँछन् । ३ देखि ४ जनाको जनशक्तिले दैनिक एकवटा ठेकी निर्माण गर्न सकिन्छ । गाउँका युवाहरू दैनिक विदेशिन थालेपछि आफूहरूको पुख्र्यौली पेसा ओइलाउँदै जादाँ आफू चिन्तित बनेको गुनासो गर्छन् ।
चुँदाराले गाउँका युवालाई रोजगारी मात्र हैन पुरानो संस्कृति समेत जोगाएका छन् । उनले गाउँमै गर्दै आएको पेसा गाउँपालिकाकै चिनारी भएकाले यसको संरक्षणमा लागेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला केसीले बताइन् । उपाध्यक्ष केसीका अनुसार चुँदारा समुदायको पेसालाई संरक्षण गरी संस्कृतिको जर्गेना गर्न गाउँकार्यपालिकाको बैठकले आवश्यक औजार र व्यवस्थित घरको लागि टिन दिने निर्णय गरेको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया