Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलायन्स क्लब अफ काठमाडौँ आधारद्वारा  ३५ जना बालबालिकाहरूलाई जाडोको कपडा वितरण

लायन्स क्लब अफ काठमाडौँ आधारद्वारा  ३५ जना बालबालिकाहरूलाई जाडोको कपडा वितरण


काठमाडौं ।
लायन्स क्लब अफ काठमाडौं आधार (क्लब नम्बर १३५७२२)ले ३५ जना बालबालिकाहरूलाई कपडा वितरण गरेको छ । क्लबमा सचिव समेत रहेकी फेसन डिजाइनर एवं समाजसेवी इन्ता श्रेष्ठका अनुसार लायन्सले काठमाडौँको रामकोट सितापाइलमा रहेको पुुनर्बल प्लस (पुनर्बल होम)मा आश्रित रहेका ३५ जना एचआईभीपीडित बालबालिकहरूलाई जाडोमा लगाउनको लागि न्यानो कपडा सहयोग गरेको हो ।

क्लबले प्रत्यक वर्ष उक्त क्लबलाई लताकपडा लगायतका विभिन्न वस्तुुहरू सहयोग गर्दै आएकोमा यो वर्ष भने पुस ४ गते शनिबार लताकपडा एवं शैक्षिक सामग्री सहयोग गरेको हो, समाजसेवी श्रेष्ठले भनिन् । विभिन्न कारणबाट एचआईभीपीडित बालकालिकाहरूलाई आश्रय दिँदै आएको पुनर्बल प्लसमा रहेका बालबालिकहरूको शिक्षा, स्वास्थ आदिमा समेत क्लबले सहयोग गर्दै आएको छ । यो सहयोगलाई हामी आगामी समय पनि निरन्तरता दिन्छौँ, समाजसेवी श्रेष्ठले भनिन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया