
गुल्मी ।
शिक्षक सरुवा तथा नियुक्तिमा मनपरी गरिएको भन्दै नेपाल शिक्षक संघ मालिका गाउँपालिका गुल्मीले मालिका गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाले शिक्षाको दरबन्दी थपघट गर्ने, राजनीतिक आस्थाको आधारमा शिक्षकको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघले आईतबार प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मालिका गाउँपालिकाको गाउँ शिक्षा समितिबाट कार्यदलको सुझाव विपरीत एकपक्षीय रुपमा शिक्षाको दरबन्दी थपघट गर्ने, राजनीतिक आस्थाको आधारमा शिक्षकको सरुवा गर्ने र नियुक्ति गर्ने काम भएकोले शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीका सहसचिव वासुदेव घिमिरेले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका विद्यालयमा सरुवा हुनको लागि राजनीतिक पाटी प्रवेश गर्नैै पर्ने, टिका लगाउनैपर्ने भन्दै शिक्षक संघ मालिका गाउँपालिकाले आपत्ति जनाएको थियो । ज्ञापनपत्र बुझ्दै मालिका गाउँपालिकाले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै गाउँपालिकाका शिक्षक संघका ९५ प्रतिशत माग पूरा गर्दै आएको मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानाकारी दिए ।
गाउँपालिकामा नेपाल शिक्षक संघले गरेको माग स्वाभाविक भएकाले गाउँपालिकामा शिक्षाको गुणस्तर खस्केको गुनासो चारैतिरबाट आएकाले सबै शिक्षकहरुलाई आफ्नो पेशागत मर्यादामा काम गर्न प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । शिक्षकहरूको मागलाई सम्बोधन गर्दैै गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले शिक्षाको क्षेत्रमा कुनै राजनीतिक रंग नमिसिएको र राजनीति नगर्न समेत सबै शिक्षकहरूलाई मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले आग्रह गरेका छन् ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया