Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधछात्रावास भवन लथालिङ्ग

छात्रावास भवन लथालिङ्ग


सोलुखुम्बु ।
सोलुखुम्बुमा २०६३ सालमा स्थापना गरिएको दलित छात्रवास भवन अव्यवस्थित देखिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीस्थित तत्कालीन हिमाली उत्पीडित समुदाय उत्थान मञ्च सोलुखुम्बुले सञ्चालनमा ल्याएको दलित छात्रवासको भवन लथालिङ्ग अवस्थामा पुगेको हो ।

व्यवस्थापन समितिले रेखदेखमा चासो नदेखाउँदा भवनको भुइँतलामा रहेका फर्निचरहरू भत्किएको, बिजुलीको तार व्यस्थापन नभएको, घेराबारको उचित प्रबन्ध नभएको अवस्थामा रहेको छ । सोही छात्रावासमा बसेर २ वर्ष अध्ययन गरेका विद्यार्थी रामबहादुर विश्वकर्माले छात्रावासको व्यवस्थापन पाटो कमजोर रहेको गुनासो गरे । वर्षौँदेखिको समस्या समाधानका लागि व्यवस्थापन समितिलाई आग्रह गरेको भए पनि अटेर गरेको उनको भनाइ छ । आफूहरूले बारम्बार सुधारका लागि आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

अध्ययनका लागि सदरमुकाम बस्दा विद्यार्थीलाई आर्थिक भार बढी पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीलाई अध्ययन सहजीकरणका लागि बनाइएको छात्रवासमा खानेपानीको उचित प्रबन्ध नहुँदा झनै समस्या भएको लिखुपिके गाउँपालिका घर भई छात्रवासमा बस्दै आएका विद्यार्थी संगिता घिमिरेको गुनासो छ ।

छात्रावासको सबै पक्ष कमजोर रहेको उनले बताइन् । अहिले सो छात्रावासमा करिब एक दर्जन विद्यार्थी बस्दै आएका छन् । १५ वटा कोठा, ३ शौचालय र भान्सा कोठा रहेको छात्रावासको मर्मतका लागि बजेट अभाव रहेकाले समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर नेपालीले बताए । ४० जना विद्यार्थी क्षमता रहेको चार रोपनी क्षेत्रफलमा रहेको छात्रावासको व्यवस्थापनका लागि सोलुदुधकुण्ड नगरपालिकालाई अनुरोध गरिएको उनले बताए । बजेट व्यवस्थापन गरेर मर्मतका लागि आफूहरू लागि रहेको अध्यक्ष नेपालीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया