Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपेल्ट्री सेट र सोलारबाट छिटै छुटकारा

पेल्ट्री सेट र सोलारबाट छिटै छुटकारा


सोलुृखुम्बु ।
अहिलेसम्म पेल्ट्रिक सेट र सोलारका भरमा चलिरहेको सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ र ५ काँकुमा स्थानीयले पेल्ट्री सेटबाट छुटकारा पाउने भएका छन् । सो स्थानमा लघु जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेकाले छिटै नै विद्युत् उत्पादन हुने बताइएको छ । काँकु क्षेत्रको विद्युत् विस्तारका लागि काँकु भुंगरा खोला लघु जलविद्युत् नामक ७० किलोवाट क्षमताको आयोजना अघि बढाइएको हो ।

कादुरी एग्रीकल्चर एड एसोसिएसन, ब्रिटिस गोर्खाज नेपाल परियोजना (केएए बीजीएन) ले चार करोड ६० लाख रूपैयाँ लगानीमा सो आयोजना अघि बढाएको हो । परियोजनामा स्थानीयको श्रमदानबाट पोल गाड्नेलगायतको काम गरिने बताइएको छ । माप्य दुधकोशी गाउँपालिका र वडाको स्वीकृतिपछि कादुरीका प्रमुखको टोलीले आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेपछि गत २०७७ मंसिर १४ गतेबाट औपचारिकरूपमा काम सुरुवात समेत गरिएको हो । लघु जलविद्युत् आयोजना सुरु भएको ६ महिना अवधिभित्र आयोजना पूरा गर्नेगरी काम अघि बढाइएको र अहिलेसम्म करिब ५० प्रतिशत काम सकिसकेको आयोजनाका सचिव महेश राईले जानकारी दिए ।

यस आयोजनाबाट गाउँपालिकाको देफ्कु, बाबरर्ख, बोरउ, ओदु, कोफु, घे्रनफु, गैरीगाउँ, सरिमा (सुरिम्य), रोक्फुल, थालख्वाम्, भगरे, बोब्दु, मुलखर्क, बंगुरफर्म, कागतेको तीन सय ६० घर धुरी लाभान्वित हुनेछन् । बुर्दम र काँकुखोलाको पानी मिसाएर बनाइने आयोजनाको विद्युत्गृह कोफु, बाबरर्ख र ओदुको दोभानमा रहनेछ । कादुरीको तर्फबाट सुपरभाइजर लिलाराज राईको नेतृत्वमा नौ जना दक्ष जनशक्तिमार्फत काम भइरहेको सचिव राईले बताए । समयमै निर्माण सम्पन्न गरी स्थानीयलाई विद्युत् उपलब्ध गराउने योजनाका साथ काम भइरहेको राईको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया