Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबिइङ ह्युमनको सहकार्यमा मुटुरोगीलाई तीन लाख सहयोग

बिइङ ह्युमनको सहकार्यमा मुटुरोगीलाई तीन लाख सहयोग


काठमाडौं, पुस २२
मुटुरोगबाट ग्रसित धम्पुसका राज बिकको उपचार खर्चमा सहयोग जुटाउनका लागि स्कटल्याण्डमा बस्दै आएका नेपाली घनश्याम भण्डारीले दौडिएरै तीन लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् । बिकको मुटुमा रहेको ट्युमर निकाल्नका लागि सहयोग जुटाइएको थियो। आइतबार काठमाडौं दरबारमार्गस्थित बिइङ ह्युमन क्लोथिङमार्फत उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै बिइङ ह्युमन क्लोथिङ नेपालको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालि प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले सहयोगका लागि घनश्यामलाई धन्यवाद दिँदै भने, ‘विदेशमा बसेर पनि नेपाल र नेपालीलाई माया गर्नुभएकोमा हामी आभारी छौ । यस्तो पुण्य काममा सहभागी हुनु हाम्रो लागि पनि गर्वको कुरा हो । बिइङ ह्युमनलाई विश्वास गरेर उहाँले हामीमार्फत सहयोग हस्तान्तरण गर्नुभयो,’ शिक्षा र स्वास्थ्यको क्षेत्रमा च्यारिटी गर्दै आएको बिइङ ह्युमन फाउण्डेसनद्वारा सञ्चालित बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक राजु थापा क्षेत्रीले भने ।

‘धम्पुस गाबिसको सिफारिस र स्थानीयको अनुरोध सामाजिक सञ्जालमा देखेँ,’ घनश्यामले भने, ‘उपचारको लागि ३ लाख जुटाउँछु भन्ने सोचेर सहयोग संकलन सुरु गरेको थिएँ ।’ उनले थपे, ‘पश्चिमी समाजमा हाईकिङ, रनिङको माध्यमबाट पनि च्यारिटी गर्ने चलन छ।’ घनश्यामका अनुसार यस्तो प्रचलन सन् १९६९ मा सामाजिक क्रान्तिको रुपमा अमेरिकाको नर्थ डाकोटाबाट सुरु भएको हो । घनश्याम आफैँ बेलायत एथलेट एसोसिएसनबाट लाइसेन्सप्राप्त ‘रेगुलर हाइकर रनिंग लिडर’ हुन् ।

‘पैसाको अभावमा जीवन नै खतरामा रहेको सन्देश पाएँ,’ घनश्यामले भने, ‘धम्पुस परिवार यूके र आफ्ना साथीहरुको सहयोगमा रकम संकलनका लागि दौडिन सुरु गरेँ ।’ हुन त यो उनको पहिलो सहयोग होइन । यसअघि पनि उनले क्यान्सर पीडित सागर भन्डारीको उपचार र भारतको चन्डीगढमा मृत भेटिएका चयनपुरे धम्पुस झग्रेका परिवारलाई राहत प्रदान गरेका थिए । यस्तै धम्पुसमा बाटो, स्कुल निर्माणकार्यमा सहयोगका साथै धुर्मुस सुन्तली फाउन्डेसनलाई पनि आर्थिक सहयोग गरिसकेका छन् । उनलाई यो कार्यमा धम्पुसका युवाहरु प्रकाश गुरुङ, रबि पोख्रेल, उदय माविका शिक्षक अमृत कुमार भण्डारीलगायतले सहयोग गरिरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया