Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफागुन अन्तिमदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान

फागुन अन्तिमदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान


ताप्लेजुङ ।
फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार तीन सय ५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार तीन सय ६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् ।

फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । विवरण संकलन कार्य प्रत्येक वडामा गरिनेछ । विभागका अनुसार वडाभित्रको जनसंख्याको आकारअनुसार एउटा वडामा एकदेखि बढीमा छवटासम्म विवरण संकलन स्टेसन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण संकलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताए । वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गतबुधबार ताप्लेजुङ सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण संकलन कार्यमा सहयोग समेत माग गरेको छ । सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने विश्वास दिलाएका छन् । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया