नेपाली युवा उद्यमी मञ्च (एनवाईएएफ) वीरगञ्ज गठन

बीरगंज ।
सकारात्मक व्यावसायिक सोच र दृष्टिकोणलाई सशक्तीकरण गरेर युवा उद्यमीहरुको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाईईएफ) अर्थात् नेपाली युवा उद्यमी फोरम वीरगञ्ज च्याप्टर गठन गरिएको छ । वीरगञ्जस्थित भिस्वा होटलमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच युवा उद्यमी अनुप अग्रवालको अध्यक्षतामा वीरगञ्ज च्याप्टर गठन गरिएको हो ।
अग्रवालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष राकेश साह र द्वितीय उपाध्यक्ष सन्दीप अग्रवाल रहेका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा संस्थापक अध्यक्ष अरविन्द बहादुर अमात्य, विश्वाश प्रताप साह, काजल सिंह, अक्षत साह, विकास ठाकुर, मनिषा सुनुवार श्रेष्ठ, संकल्प शाक्य र पंकज अग्रवाल रहेका छन् । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनवाईएएप वीरगञ्ज च्याप्टरको कार्यालय सञ्चालनका लागि उद्योग वाणिज्य संघको भवनमा एउटा कोठा दिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका केडियाले सक्रिय युवाहरुको समूहले उद्यमशीलतालाई आधुनिक एवम् परिष्कृत रुपमा अंगाल्ने विश्वास व्यक्त गरे । यसका साथै सिर्जनशील तथा नयाँ पिँढीका युवाहरुलाई उद्यम तथा व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । त्यसैगरी एनवाईएएफको नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष प्रकाश देव पालिकेले देशकै आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जमा यस समूहको भूमिका महत्वपूर्ण हुने बताए । साथै वीरगञ्ज च्याप्टर देशकै उत्कृष्ट च्याप्टर भएको हेर्ने आफ्नो सपनालाई साकार रुप दिन आग्रह गरे ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
- प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश
- नबिल बैंकद्वारा बचतको बानी बसाल्ने भिडियो सार्वजनिक
- सेञ्चुरी बैंकको नयाँ शाखा बालाजु र गौरीघाटमा
- ज्योति लाइफको ६६ करोड रुपैयाँको साधारण सेयर यही फागुन २३ गतेबाट
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया