Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकुमारी जब र केसीएमआईटी कलेजबीच सम्झौता

कुमारी जब र केसीएमआईटी कलेजबीच सम्झौता


काठमाडौं ।
कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ’केसीएमआईटी’बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनोपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो । कुमारी जब प्रालिका प्रबन्धनिर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रालिका प्रबन्धनिर्देशक भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया