बझाङ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड अनुपम सुन्दरताका साथै जडीबुटी र हरियाली जंगल, धार्मिक देवीदेवताको बासस्थान, तालतलैया र त्रिवेणीले भरिपूर्ण छ । साथै यहाँका ठूलठूला मैदानमा मौसमअनुसार मखमली, गलैँचाजस्तो देखिने दृश्यले जोकसैको मन बहलाउन सक्छ । अहिले खप्तडको फाँट तथा डाडाँपाखाबाट साइपाल हिमालको दृश्य अवलकन गर्न सकिन्छ ।
खप्तडका पाटनबाट देखिने दृश्य हेर्न अहिले आन्तरिक तथा बाह्य पर्यटनहरू विस्तारै भित्रिन थालेका छन् । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलको रूपमा रहेको खप्तडमा धार्मिक, आध्यात्मिक र पर्यावरणीय दृश्य हरेक मौसममा घुम्न जाँदा रहस्यमयी रूपमा देखापर्ने गर्छ । महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैँसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।
करिब दुई सय २५ वर्गमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्व यतिमै सीमित छैन । २२ पाटन र ५३ ताल रहेको खप्तड नेपालकै सुन्दरतम ठाउँमध्ये एक हो । रंगीबिरंगी फूलले ढाकिएका ठूलठूला मैदानलाई स्थानीय भाषामा पाटन भनिन्छ । यस क्षेत्रमा विभिन्न किसिममा दुई सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, दुई सय २६ किसिमका पन्छी, बाघ, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क छ । सहस्त्रलिंग भएर आउने सोलिङ खोला, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तरतिर बगेर आउने गुप्तरूपी सरस्वती नदीको संगमस्थल त्रिवेणी नामले प्रसिद्ध स्थान यही छ ।
त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ । त्रिवेणीबाट सहस्त्रलिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिंग आउँदाजाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहिआएको छ । बझाङको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ । मन्दिरको नजिकै तीनवटा धर्मशाला छन । चैत र असोज अष्टमीका दिन पूजा, अनुष्ठान हुने गर्छ ।
ठूलो चट्टानको वरपर सिपालु मूर्तिकारले बुट्टा भरेजस्तो चित्र देख्न पाइन्छ । घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाइमा खप्तड बाबाको कुटी छ । माझको झुत्ती भन्ने ठाउँमा रहेको यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तडबाबाका लागि बनाइदिएको अहिलेसम्म करोडौँ रकम विनियोजित भए पनि पर्यटकका लागि न्यूनतम पूर्वाधारसम्म बनेका छैनन् । खप्तडको विकास गर्नसके सुदूरको छिटै विकास हुने कुनै शंका छैन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया