Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल टेलिकम र इभोलुसन ट्रेडिङबीच सम्झौता

नेपाल टेलिकम र इभोलुसन ट्रेडिङबीच सम्झौता


काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले बुधबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका सातवटा र उपत्यकाबाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सोभन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना पाँच जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ । नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आईफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ ।

उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निःशुल्क उपलब्ध गराउनेछ । यो सिममा मेन ब्यालेन्स १० रुपैयाँ र थप ब्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ । उक्त थप ब्यालेन्सबाट कम्पनीको नेटवर्कभित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ । एप्पलको नयाँ भर्सन आइफोन १३ प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया