Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकाली अस्पताललाई उपप्रादेशिक अस्पताल बनाइने

महाकाली अस्पताललाई उपप्रादेशिक अस्पताल बनाइने


महेन्द्रनगर, फागुन २
कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालाई सुदूरपश्चिम प्रदेशको उपप्रादेशिक अस्पताल बनाइने भएको छ । महाकाली अस्पतालको विस्तार स्वास्थ्य सेवा (ईएचएस)को उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अस्पताललाई प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिने बताएका हुन् ।

‘महाकाली अस्पताललाई सुदूरपश्चिम प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्ने योजना बनाइएको छ’, उनले भने, ‘अस्पताललाई १ सय ५ शय्याको अस्पतालका रुपमा स्तरोउन्नती गरिनेछ ।’ उनले आउँदो वैशाखभित्र नै अस्पतामा प्रयोगविहीन अवस्थामा रहेको आईसीयू मेसिनलाई सुचारु गरिने बताएका छन् । उनले अस्पतालको सेवा सहज रुपमा सञ्चालन गरी जनतालाई सर्वसुलभ तरिकाले सेवा दिने र अस्पतालमा कुनै पनि प्रकारको राजनीतिक दबाब हुन नदिने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया