Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउच्च अदालत महेन्द्रनगरमा ६२ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत महेन्द्रनगरमा ६२ प्रतिशत मुद्दा फछर्यौट


धन बहादुर जप्रेल
महेन्द्रनगर, फागुन ४
कञ्चनपुरमा रहेको उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले गत माघसम्म ६२ प्रतिशत मुद्दा फछर्यौट गरेको बताएको छ । अदालतले चालू आर्थिक वर्ष २०७६/०७७ को माघ मसान्तसम्ममा चार सय नौ वटा मुद्दा लगत राखेकोमा दुई सय ५५ वटा मुद्दा फछर्यौट गरेको उच्च अदालत दिपायल महेन्द्रनगरले जनाएको छ ।

उच्च अदालत महेन्द्रनगरले गत आर्थिक वर्षका जम्मा चार सय २० वटा उजुरी जिम्मेवारीमा राखेको थियो अथवा उक्त उजुरीहरु गत वर्ष दर्ता गरेको भए पनि फछर्यौट हुन सकेका थिएनन् । यस आर्थिक वर्षमा अदालतले जम्मा एक हजार १६ वटा उजुरी नयाँ दर्ता गरेको छ । यसरी माघ महिनासम्म अलदालमा जम्मा एक हजार ३६ वटा उजुरी दर्ता भएको छ । लगत भएका उजुरीहरुमा सात सय २४ वटा उजुरी फछर्यौट भइसकेका छन् भने सात सय ४२ वटा उजुरी फछर्यौट हुन बाँकी रहेका छन् । उक्त विवरण उच्च अदालतको मातहतका अदालतसहितको विवरण हो । उच्च अदालतले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको मुद्दाहरुलाई समेत पुनरावेदन गर्ने गर्दछ ।

उच्च अदालत महेन्द्रनगर इजलासले गत माघ सम्ममा जम्मा चार सय ९ वटा उजुरी दर्ता गरेको थियो जसमा एक सय ३३ पुरानो हुन भने दुई सय ७६ नयाँ दर्ता भएका हुन् । जसमा दुई सय ५५ वटा उजुरी फछर्यौट भइसकेका छन् भने एक सय ५४ वटा बाँकी छन् । यो जम्मा ६२ दशमलव ३४ प्रतिशत रहेको देखिन्छ । यस्तै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासअन्तर्गत रहेका चारवटा जिल्ला अदालतहरुको प्रगति समेत सन्तोषजनक रहेको उच्च अदालत महेन्द्रनगरले बताएकोे छ । जसमा कञ्चनपुर जिल्ला अदालतले ६ सय ७६ वटा मुद्दा लगत राखेकोमा जम्मा २ सय ८१ वटा मुद्दा फछर्यौट गरेको र ३ सय ९५ वटा मुद्दा बाँकी रहेको उच्च अदालत महेन्द्रनगरले उपलब्ध गराएको विवरणमा उल्लेख गरेको छ । यो ४१ प्रतिशत हो । यस्तै डडेल्धुरामा ४२ प्रतिशत, बैतडीमा, ५० प्रतिशत र दार्चुलामा ५८ प्रतिशत मुद्दा फछर्यौट भएका छन् ।

त्यस्तै डडेल्धुरा जिल्ला अदालतले ९० मुद्दामा ३८ मुद्दा फछर्यौट गरेको भने ५२ वटा काँकी रहेका छन् । बैतडी जिल्ला अदालतले एक सय १८ मुद्दामा ६० मुद्दा फछर्यौट गरेको छ भने ५८ वटा बाँकी, दार्चुला जिल्ला अदालतले एक सय ४३ मुद्दामा ९० मुद्दा फछर्यौट र ५३ वटा बाँकी गरेको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जनाएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारदा सुवेदीका अनुसार अदालतको काम सन्तोषजनक रहेको छ ।

फौजदारी मुद्दाबाहेक अन्य देवानी मुद्दामा मेलमिलापमा समेत पठाउने गरेको उनको भनाइ छ । उनका अनुसार अदालतले ४३ वटा मुद्दा मेलमिलापमा पठाएको छ भने ९ वटा मुद्दा फछर्यौट भइसकेको र ९ वटामा मेलमिलापको लागि प्रक्रियामा रहेको छ । त्यस्तै २५ वटा मुद्दामा मेलमिलाप भएको छैन । आर्थिक अवस्था कमजोर भएका तथा मुद्दामा वकिल राख्न नसक्ने सेवाग्राहीका लागि सरकारले निःशुल्क सेवा समेत दिने गरेको छ । जसका लागि अदालतले कानुन व्यवसायी पुनम चन्दलाई नियुक्त गरेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ जना सेवाग्राहीले निःशुल्क कानुन व्यवसायी पाएका थिए ।

यस्तै उच्च अदालत दिपायल महेन्द्रगर इजदासले चालू आ.व.को माघ मसान्तसम्ममा मुद्दाको फछर्यौट लक्ष्यभन्दा बढी भएकोे जनाएको छ । इजलासले फछ्र्यौट लक्ष्य दुई सय १४ राखेको थियो तर लक्ष्यभन्दा बढी दुई सय ५५ वटा फछर्यौट गर्ने सफल भएको छ । यस्तै अदालतको पुरानो जिम्मेवारीको एक सय ३३ वटा मुद्दामा एक सय १७ वटा फछ्यौट भएको र १६ वटा बाँकी रहेको बताएको छ ।

नयाँ दर्तामा दुई सय ७६ दर्ता भएकोमा १ सय ३८ फछर्यौट गरेको र एक सय ३८ बाँकी रहेको बताएको छ । यस्तै अदालतले अर्काे कुनै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई मुल्तबीको विवरणमा राखेको छ । जसमा अर्काे अदालतको निर्णय नआएसम्मका लागि पर्खाइमा राखेको हुन्छ जसमा जम्मा ६ वटा मुद्दा मुल्तवीमा राखेको छ । यसमा एउटा मुल्तवीबाट जगाइएको छ भने ५ वटा मुद्दा जगाउन बाँकी छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया