Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना कहरमा काम गरेकाहरू सम्मानित

कोरोना कहरमा काम गरेकाहरू सम्मानित


काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा उपराष्ट्रपतिको कार्यालय, हरित भवन, लैनचौरमा सम्पन्न कार्यक्रममा नेपाल वायुसेवा निगमका सिनियर पाइलट, समाजसेवी विजय लामा, लायन्सका पूर्वडिस्ट्रिक्ट गभर्नर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, लायन कर्मा गुरुङ, डिस्ट्रिक्ट गभर्नर, ३२५ई, प्रहरी बल, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छीमाया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ बाट वर्ल्ड बुक अफ रेकर्डसले सम्मान गरेको छ ।

वर्ल्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कटवाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मालगायतको विशिष्ट अतिथ्यमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रलाई आवश्यक परेको बेलामा अघि सरेर योगदान दिएकोमा सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरे ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया