Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने

नर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने


काठमाडौं । नर्भिक अस्पतालको अन्तर्राष्ट्रियस्तरको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आईभीएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आईभीएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आईभीएफ सञ्चालन हुनेछ । नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याएको थियो । नर्भिकको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले मन पराएका छन् । सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । हाल काठमाडौंमा रहेको आईभीएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ ।

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ । देशका अन्य आईभीएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत छ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया