Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्लब टेनएक्सले पहिलो वार्षिकी, दुई रात निःशुल्क प्रवेश

क्लब टेनएक्सले पहिलो वार्षिकी, दुई रात निःशुल्क प्रवेश


काठमाडौं । ठमेलस्थित क्लव ‘टेनएक्स’ले पहिलो वार्षिकी भव्यताका साथ मनाउने तयारी गरेको छ । असोज ३१ र कात्तिक १ गते दुई रात विशेष कार्यक्रमबीच वार्षिकी मनाउनलागेको क्लबले जनाएको छ ।

उक्त दुई दिन रातलाई विशेष बनाउन नेपालका ख्यातिप्राप्त डिजे तथा गायक/गायिकाहरुले प्रस्तुति दिनेछन् । रातको समयमा मनाउन लागिएको वार्षिकोत्सवलाई भव्य र सभ्य बनाइने क्लबका सीईओ पौरख मर्दन बस्न्यातले बताए । उनका अनुसार त्यस रात अर्थात अक्टोबर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बाँस्कोटा, एकदेव लिम्बू र डीजे ओलारुसलगायतले ग्राहक तथा अतिथिहरुलाई म्युजिकमा झुमाउनेछन् । सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरुको पनि उपस्थिति रहने क्लबले जनाएको छ ।

एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको बताउँदै सीईओ बस्न्यात भन्छन्, ‘पहिलो वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लबहरुमध्ये एक बनाउने प्रयासमा छौँ ।’ क्लब टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लवप्रेमीहरुलाई नचाउँदै आएका छन् । उनीहरु इनहाउस डिजेहरु हुन् । उक्त दिन पनि उनीहरुको आफ्नो प्रस्तुति दिनेछन् ।

क्लबका सीईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरुको इच्छा पूरा गर्दै आएका छौँ ।’ उनका अनुसार चार जना साथीहरु मिलेर सञ्चालनमा ल्याइएको क्लबमा हाल ७५ जना कर्मचारी छन् । अक्टोबर १६ र १७ मा प्रवेश शुल्क नलिने क्लबले जनाएको छ । साथै सबै ग्राहकलाई ती दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लबले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया