Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवेयरहाउजिङ कम्पनीको चौथो वार्षिक साधारणसभा

वेयरहाउजिङ कम्पनीको चौथो वार्षिक साधारणसभा


काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कुल पुँजीको ८० प्रतिशतबराबर ५५ करोड रुपैयाँ पुँजी पु¥याएको छ । यस्तै यही आर्थिक वर्षमा कुल पुँजीको २० प्रतिशत बराबरको १३ करोड ७५ लाख रुपैयाँ सर्वसाधारणहरुका लागि जारी गर्ने जनाएको छ ।

कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमासलगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरुको वैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलवस्तु जिल्लाको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको जानकारी दिएको छ । तीनवटै परियोजनाको अनुमानित लागत एक अर्ब ५० करोड रुपैयाँ छ, जसमा बाँकी लगानी पाँचवटा बैंकहरुबाट सहवित्तीयकरणबाट जुटाइएको कम्पनीले जनाएको छ । औरबानी शाखाको सञ्चालन यही महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ । साथै छ महिनाभित्र अन्य दुई परियोजनामार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बढाबढको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ ।

कम्पनीको भारतको सबैभन्दा ठूलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बढाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिइएको छ । कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमबी बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टीएनआई, टिम भेन्चर्स, आध्यानता, अल्फा क्यापिटललगायतको लगानी छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x