Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँ फर्किनेको भीड

गाउँ फर्किनेको भीड


सुबास बस्नेत
दोलखा, चैत ९
विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सन्त्रासका कारण राजधानीबाट जिल्ला बाहिरिने यात्रुको भीड लाग्न थालेको छ । विभिन्न पेसा व्यवसाय गरेर काठमाडौं बस्दै आएका दोलखाबासीहरु पनि गाउँ फर्किनथालेका छन् । जिल्ला ट्राफिक कार्यालय चरीकोटका अनुसार अरु दिनको तुलनामा पछिल्लो दिनमा राजधानीबाट जिल्ला भित्रिने यात्रुको संख्यामा वृद्धि भएको हो । पछिल्लो तीन दिनमा काठमाडौदेखि दोलखा आउने सवारीसाधनमा यात्रुको संख्या तेब्बरले वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

ट्राफिक कार्यालय दोलखा ट्राफिक प्रमुख गोकर्ण नेपालका अनुसार चरीकोटबाट छुट्ने अधिकांश सवारीसाधनको छतभरी सामानका पोकाले भरिएको छ भने यात्रुको संख्या पनि खचाखच रहेको छ । सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा र एसईई परीक्षा स्थगित गरिएको हुँदा पनि बजार छाड्ने मानिसको संख्या बढेको हो । काठमाडौँदेखि चरीकोट बजार हुँदै करिब १० हजार मानिस गाउँ फर्किएको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह समेत गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले जानकारी दिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया