नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने
काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।
“हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ”, अध्यक्ष लामाले भने । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको बाह्र घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ ।
अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको व्यवस्था अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएको बताए । “कार्यान्वयनका लागि सम्बन्धित संस्थासँग सहकार्य र छलफल गर्नेछौँ”, अध्यक्ष लामाले भने । नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै छायाङ्कन गर्न आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियम ल्याउँदैछ । नेफ्टाको निर्णय २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी छ ।
नेफ्टा अगाडि नै नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत संगीतको भिडियोमा नृत्य गर्ने कलाकारको आगामी वैशाख १ गतेदेखि पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिसकेको छ । सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले चलचित्रमा गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको थियो ।
यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक र म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको सङ्घले जानकारी दिएको थियो । सबैले आ–आफ्नै तरिकाले पारिश्रमिक बढाउँदा त्यसको असर चलचित्र निर्मातालाई पर्ने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।
“यसरी नै सबैको पारिश्रमिक बढ्ने हो भने निर्माताले काम गर्ने वातावरण असहज हुन्छ । बढाउनुपर्ने पारिश्रमिक बढाउन हामी तयार छौँ । तर निर्णय गरेर छलफल गर्नेभन्दा पनि छलफल गरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो”, अध्यक्ष खड्काले राससलाई भने । उनले सङ्घको आधिकारिक धारणा कार्यसमिति बैठकले निर्णय गरेर गर्ने जानकारी दिए । निर्माताहरू चलचित्र निर्माणमा लागत बढेको भन्दै छायाङ्कन रोक्नेसम्मको निर्णय गर्ने सक्ने छलफलमा छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया