Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकिशोरीहरूलाई आत्मरक्षा तालिम

किशोरीहरूलाई आत्मरक्षा तालिम


दोलखा  । जिल्ला युवा समिति दोलखाले किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको छ । ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन, बागमतीमा युवा सशक्तीकरण’ भन्ने नारासहित समितिले बागमती प्रदेश युवा परिषद्को सहयोगमा दुई दिने महिला तथा किशोरी आत्मरक्षा तालिम आयोजना गरेको हो ।

बैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर माध्यमिक विद्यालय (नमूना)का ४० जना किशोरीहरुलाई बुधबारदेखि तालिम दिन सुरु गरेको समितिका अध्यक्ष भरत रोहन श्रेष्ठले जानकारी दिए । तालिमको मुख्य उद्देश्य महिला तथा किशोरीप्रति हुने बलात्कार, दुव्र्यवहार, हत्याहिंसा तथा झैँझगडाजस्ता घटना हुँदा आफ्नो सुरक्षा आफैँ गर्न सकून् भन्ने रहेको अध्यक्ष श्रेष्ठले बताए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा सहभागीलाई प्रशिक्षक गायत्री शिवाकोटी र बिन्दा थापाले आत्मरक्षासम्बन्धी गतिविधि सिकाउनेछन् । कार्यक्रम हनुमतेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक भरत केसीले जनाए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया