टोखा नगरपालिकाका तत्कालिन अधिकृत अर्यालले अकुत सम्पत्ति आर्जन गरेको ठहर
काठमाडौं । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर भएका छन् । अर्यालमाथि १७ करोड ९३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते अर्यालविरुद्ध मुद्दा दायर गरेको थियो । यस्तै सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो । अख्तियारले अर्यालले गाविस र नगरपालिकामा काम गर्दा अकुत सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार मुद्दा फैसाला गरेको हो । अर्यालले २०३९ साल साउन १ गते राजपत्र अनंकित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा नियुक्ति भई सरकारी सेवा सुरु गरेका थिए ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया