रत्ननगर नगरपालिकाद्वारा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक
भरतपुर (चितवन) । दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा चितवनको रत्ननगर नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।
प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे ।
“बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्”, सापकोटाले भने, “किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।” प्लास्टिकजन्य फूल तथा माला कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया