Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकर्णालीको चिङ्गाड गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

कर्णालीको चिङ्गाड गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध


काठमाडौं । कर्णाली प्रदेशको चिङ्गाड गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई आबद्ध गर्ने चिङ्गाड कर्णाली प्रदेशको पहिलो गाउँपालिका बनेको छ ।

सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले चिङ्गाड गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै सो पालिका कर्णालीकै पहिलो पालिका बनेको हो । कर्णाली प्रदेशको श्रमिकका हक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिन स्थापित गरेको गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले बताए । साथै, उनले योगदानमा आधारित सााजिक सुरक्षा योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा पहिलो चरणमा ५० जनालाई समेट्दै तीन सयको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई कार्यक्रममा समेटिने जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकलाई समेत अभिमुखीकरण कार्यक्रममार्फत आबद्धता गरिने उनले बताए । साथै, उनले सरकारी कार्यालयमा रहेका करार र ज्यालादारीमा रहेका कर्मचारीलाई समेत कोषमा आबद्ध गर्दै जाने बताए । यस्तै, कोषका निर्देशक उत्तमराज नेपालले कर्णाली प्रदेशमा हालसम्म दुई सय ५६ जना रोजगारदाता र एक हजार पाँच सय ४७ जना योगदानकर्ता कोषमा आबद्ध रहेको जानकारी दिए । यसैबीच कर्णाली प्रदेशभित्रका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्तालाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सोमबार नै कोष र देउती अस्पताल सुर्खेतबीच सम्झौता भएको छ । देउती अस्पताल कर्णाली प्रदेशमै कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो अस्पताल समेत बनेको छ ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया