Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपोखरामा आजदेखि अनाकी बार सञ्चालनमा

पोखरामा आजदेखि अनाकी बार सञ्चालनमा


पोखरा । पोखरा महानगरपालिका वडा नं.६ लेकसाइडको सेन्टरपोइन्टमा अनाकी बार सञ्चालनमा आएको छ । युवा व्यवसायी सौरभ थापाले उक्त बार सञ्चालनमा ल्याएका हुन् ।

अटोमोबाइल, रियलस्टेल, बैंकिङ सेवालगायतमा आवद्ध थापाले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीय युवालाई लक्षित गरी बार सञ्चालनमा ल्याइएका छन् । उनले पर्यटन क्षेत्रमा नयाँपनको अनभूति दिने गरी बारमा लगानी गरेको बताए ।

बारमा करिब दुई करोड ५० लाख रुपैयाँ लगानी भएको छ । जसमा थापासहित अन्य युवाले लगानी गरेका छन् । एक सय ४० जनाको क्षमता रहेको बारमा २६ जना कर्मचारी कार्यरत छन् । हरेक साँझ लाइभ म्युजिक र डिजेको मज्जा लिन सकिने छ ।

बार बिहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुने जनाइएको छ । बारसँगै खानालाई पनि लक्षित गरी अनुभवी सेफको टिम राखेर किचनलाई व्यवस्थित गरिएको छ बारको ट्रेन्डमा पनि नयाँपन दिने गरी अगाडि बढेको सञ्चालक थापा बताउँछन् । बारमा ओपन गार्डेनसहित डिस्को थेक एरियाको पनि सुविधा रहेको छ ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया