Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिभारतीय विदेश मन्त्रीद्वारा नेपालमा सरकार फेरिने सङ्केत प्रचण्डले युगान्डामै गरेको खुलासा

भारतीय विदेश मन्त्रीद्वारा नेपालमा सरकार फेरिने सङ्केत प्रचण्डले युगान्डामै गरेको खुलासा


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युगान्डामा भेट हुँदा नेपालको गठबन्धन सरकारमा रहेका दलबिच आपसी समस्या रहेको कुरा माघ महिनामै आफूले थाहा पाएको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।

विदेश मन्त्री जयशंकरले नेपालमा गठित नयाँ सरकारसँग भारतले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको बताउँदै भारत छिमेकी मुलुकसँग प्रायः हरेक दिन जसो सम्पर्कमा रहने गरेको र राजदूतहरूले पनि परिस्थितिलाई नियाल्ने गरेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०२१ सेप्टेम्बरमा पार्टी स्ट्यान्डिङ कमिटी बैठकमा जयशंकरले आफू र अन्य पार्टीलाई यही संविधान लागू भयो भने राम्रो हुँदैन भनेर चेतावनी दिएको ब्रिफिङ गरेका थिए । आफूले त्यस्तो चेतावनी नदिएको जयशंकरले दाबी गरेका छन् ।


क्याटेगोरी : राजनिति


तपाईको प्रतिक्रिया