Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने महासचिव डा.बेदुराम भुसालले बताए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र मुलुकमा विकसित पछल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ ।

यसैगरी बैठकमा राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपाललाई नेकपा (एमाले)ले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको भए पनि यस विषयमा एकीकृत समाजवादीले भने अहिलेसम्म कुनै निर्णय लिएको छैन ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया