कोशीमा पुन: एमालेको सरकार
काठमाडौं । कोशी प्रदेशमा पुनः नेकपा एमालेको सरकार गठन हुने भएको छ । सर्वोच्च अदालतले गठबन्धन सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेशप्रमुखलाई ४८ घण्टाको परमादेश दिएपछि एमालेको अल्पमतको सरकार गठन हुने भएको हो । न्यायाधीधहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सो परमादेश दिएको हो ।
सर्वोच्चको फैसलाअनुसार थापा पदमुक्त मात्र भएनन् सरकार गठन गर्ने एउटा मात्र विकल्पमा पटक–पटक अभ्यास नगर्न भनिएको छ । यसले मिलीजुली सरकार एक पटक असफल भएमा अर्को पटक ठूलो दल र त्यो ठूलो दलको सरकारले पनि विश्वासको मत लिन नसकेमा विश्वासको मत लिनसक्ने जुनसुकै प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्नेछ ।
सर्वोच्चको परमादेशअनुसार शुक्रबार साँझसम्म एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनेछन् । उनले पनि ३० दिनभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत लिन नसकेमा प्रदेशसभाका जुनसुकै सदस्यले आफूले विश्वासको मत लिन सक्छु भनेर सरकार गठन गर्न दाबी गर्नुपर्नेछ । तर, त्यो दाबी गर्दा यो–यो प्रदेशसभा सदस्यले आफूलाई मत दिनेछन् भनेर लिखित दाबी प्रस्तुत गर्नुपर्नेछ ।
मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भएसँगै एमालेले मिलिजुली सरकार गठन गरेर मध्यावधि निर्वाचन गर्नबाट रोक्न आग्रह गरेको छ । एक एमाले नेताले भने, अब एमालेको नेतृत्वमा मिलिजुली सरकार गठन गरेर मध्यावधिलाई टार्नुपर्छ । तर, एमाले नेतृत्वको सरकारमा अरु दलहरू सामेल हुने वा नहुनेबारेमा अझै यकिन भइसकेको छैन ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया